‘सक्किगोनि’का इन्स्पेक्टरसहित ११ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनीहरूलाई काठमाडौंको गौरी घाटबाट शनिवार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कलाकारदेखि अन्य व्यवसायीहरू रहेका छन् ।

जसमा ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् ।

उनीहरूको साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास बरामद गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =