जनार्दनको दस्ताबेज– मूल नेतृत्वले मलाई पार्टी फुटाउँदै छ भन्ने हल्ला चलायो
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोश पोखेका छन् ।
स्थायी कमिटी बैठकमा लिखित दस्ताबेज पेस गर्दै उनले पार्टी मूल नेतृत्वसँग आक्रोश पोखेका हुन् ।
उनले नेतृत्वले जनार्दनले पार्टी फुटाउँदै छ भन्ने हल्ला फैलाएको बताए । उनले माओवादी छाड्दै एमाले प्रवेश गर्ने हल्ला प्रचण्डले खुमलटारबाटै फैलाएको आरोप लगाएका छन् ।
खुमलटारबाट फलानो एमालेमा जाँदै छ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइएको उनले बताएका छन् ।
उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,’उनले भनेका छन्,‘देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आमा कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’
उनले बालुवाटारबाटै कहिले आफू र कहिले वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको आरोप समेत लगाएका छन् ।