सुन्दरीजलमा २८ वर्षीय युवक मृत फेला

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घट्टेखोलामा युवक मृत फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी सुन्दरीजल घुम्न गएको र बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचना प्रहरीलाई गरिएको थियो ।

प्रहरी वृत्त बौद्ध लगायत विभिन्न युनिटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रवार शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =