गगन थापाको प्रस्ताव- अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । उनले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानुनी प्रबन्ध गर्नुपर्ने बताए । उनले राष्ट्रिय सतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताए ।

उनले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरू मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचारलाई बनाइएको बताए । उनले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुटाउन आवश्यक रहेको बताए । उनले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताए । उनले नियमनकारी निकायहरु मिलीजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताए ।

उनले भने ‘अनुचित कार्य हुँदैन भनेको होइन, रोक्नुपर्छ भनेको पनि होइन, अनुचित कार्यको बारेमा कसले हेर्ने त, त्यसकारणले गर्दा अनुचित कार्य हेर्नका निम्ति कि छुट्टै एउटा कानुनी प्रबन्ध गर्नुपर्छ । त्यसमा पनि परिभाषित गर्नुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रलाई बलियो बनाएर, थप सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेपनि हुन्छ । अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिँदा हुन्छ ।’

महामन्त्री थापाले सरकार मिलीजुली बनेको झैँ भ्रष्टाचारका काण्डहरू मिलेमतो भएर मात्रै सम्भव हुने जिकिर गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *