दोस्रो ‘अखिल आर आर भलिबल कप’भदौ २६ गतेदेखि, प्रथम पुरस्कार २ लाख
काठमाडौँ । नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु आर आर क्याम्पसले दोस्रो‘अखिल आरआर भलिबल कप–२०८१’ आयोजना गर्ने भएको छ ।
अनेरास्ववियु आर आर क्याम्पसका अध्यक्ष लोकेश खड्काले मंगलबार पत्रकार सम्मेलन गर्दै अन्तर क्याम्पस र जिल्ला राष्ट्रिय स्तरको खुल्ला भलिबल प्रतियोगिता भदौ २६ देखि असोज ३ गतेसम्म गरिने जानकारी दिए ।
अनेरास्ववियु भलिबल कपमा प्रथम हुने टिमले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । प्रतियोगितामा दोस्रो हुने टिमले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । साथै सिल्ड, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागिताका लागि समयमै टिम दर्ता गर्नु पर्ने अनेरास्ववियु आर आरले बताएको छ । प्रतियोगितामा सहभागिता जनाउने टिमलाई टिम दर्ता शुल्क २० हजार तोकिएको छ ।
भलिबल खेलाडी विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै भलिबललाई व्यावसायिकतातर्फ लैजान मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको अध्यक्ष खडकाले बताए ।
उनले देशैभरका क्याम्पस र जिल्ला स्तरका खेल टिमलाई प्रतियोगितामा सहभागिताको लागि आग्रह समेत गरे ।