४० बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ‘हेडसर’ पक्राउ
२०८१ साउन २२ गते

काठमाडौं । बैतडीमा एक महिला विद्यालयका प्रधानाध्यापकबाटै बलात्कृत भएकी छन् ।
डिलाशैनी गाउँपालिका १ भवानीश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द खडायतले स्थानीय ४० बर्षीया महिलालाई बलात्कार गरेको उजुरी परेको छ ।
पीडितका तर्फबाट साउन १९ गते जबरजस्ती करणी उद्योगको जाहेरी दर्ता भएपछि प्रधानाध्यापक खडायत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।
जिल्ला अदालत बैतडीबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित








