विष्णुमती र ललितपुरमा खोड्कु खोलाले गर्‍यो सतर्कता तह पार

काठमाडौं । काठमाडौंमा विष्णुमती नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान गोंगबु जलमापन केन्द्रमा विष्णुमती नदी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ । ‘साउन २२, बिहान ९ः३० बजे । काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाइराखौँ,’ महाशाखाको सूचनामा उल्लेख छ ।

यसैगरी ललितपुरमा खोड्कु खोलाले पनि सतर्कता तह पार गरेको छ । महाशाखाले भनेको छ- ‘साउन २२, बिहान ९ः३० बजे । ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदीतटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाऔँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =