सिरहाको गोलबजारमा युवकको शव फेला
२०८१ साउन २१ गते

सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव फेला परेको छ।
गोलबजार नगरपालिका–१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमको लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए।
उनले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको पनि बताए।
२०८१ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








