साउनको तेस्रो सोमबार : पाटनको कुम्भेश्वर महादेवमा भक्तजनको लाम (तस्बिरहरु)

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहुने धार्मिक विश्वास रहेको छ ।

यस अवसरमा  बिहानैदेखि राजधानीका गोकर्णेश्वर, पाटनको कुम्भेश्वर महादेव, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

हेर्नुहोस्, पाटनको कुम्भेश्वर महादेवमा लिइएका केही तस्बिर :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =