सगरमाथा पथबाट बेपत्ता भएका पुर्व आर्मी तीन महिनासम्म सम्पर्क विहीन

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक पुरुष तीन महिनादेखि बेपत्ता भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरका ५३ वर्षीय गन बहादुर विक तीन महिनादेखि बेपत्ता रहेका हुन् ।

वैशाख २० गते बिहान ५ बजे सगरमाथा पथबाट बेपत्ता भएका विक अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् ।

पूर्व आर्मी समेत रहेका विक तीन महिनासम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनको खोजीको लागि प्रहरीमा निवेदन समेत परेको छ । विकका छोरा सुरज विकले बुवाको खोजीका लागि इलाका प्रहरी कार्यालय रामनगरमा निवेदन दिएका हुन् ।

मानसिक अवस्था ठिक नभएका विकको खोजीकार्यमा प्रहरी पनि जुटेको छ ।

उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४६८५०५३९ र ९८१९४९७८३६ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =