बागमतीमा शव भेटियो, परिचय खोज्दै प्रहरी
२०८१ साउन २० गते

काठमाडौं । वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ । ललितपुर महानगरपालिका-१ को कार्यालयनजिक वाग्मती नदीमा बिहान अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
२०८१ साउन २० गते
प्रतिक्रिया








