नेकपा एसले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
मकालु खबर
२०८१ साउन १८ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)ले केन्द्रीय कमिटी टुंग्याएको छ । आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय समितिलाई विस्तार गर्दै ३४४ सदस्यीय समिति बनाएको हो ।
नेकपा एसकाअध्यक्ष माधवकुमार नेपाल, नेता झलकनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरूको नामावली टुंग्याएका हुन् ।
गत १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरू टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।
नेकपा एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था भएता पनि पछि मनोनीत गरिने संख्यालाई समेत एकैपटक टुंग्याइएको प्रवक्ता जगनाथ खतिवडाले बताए ।
मकालु खबर
२०८१ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित