एमालेले तोक्यो ७७ वटै जिल्ला र निर्वाचन क्षेत्रमा इन्चार्ज, को कहाँ ? (सूची)

नेकपा एमालेले जिल्ला इन्चार्जहरुको जिम्मेवारी बारे पनि निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय उपाध्यक्ष मनोनियदेखि निर्वाचन क्षेत्रसम्मको जिम्मेवारी दिने निर्णय गरेको छ।

एमालेले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको छ। ७ मध्ये ५ वटा प्रदेशका इन्चार्ज हेरफेर। गरेको एमालेले जनवर्गीय संगठनमा पनि इन्चार्जको जिम्मेवारी तोकेको हो।

काडमाडौं इन्चार्जको जिम्मेवारी आनन्दप्रसाद पोखरेले पाएका छन्।

भक्तपुरमा महेश बस्नेत, गोकुल बास्कोटालाई काभ्रेपलाञ्चोक, पार्वत गुरुङलाई दोलखा, बिशाल भट्टराईलाई खोटाङ, ठाकुरप्रसाद गैरे पाल्पा, निरुदेवी पाललाई कञ्चनपुर, ज्वालाकुमारी साहलाई बारा, जुलीकुमारी महतोलाई धनुषा, नरुलाल चौधरीलाई दाङ र सुर्य थापालाई प्यूठानको इन्चार्ज तोकिएको छ।

यसपटक भने नेताहरुले मिलेसम्म आ आफ्नै जिल्लामा जिम्मेवारी पाएका छन्। यसअघि एउटा जिल्लाकोलाई अर्को जिल्लाको जिम्मेवारी दिएको खटाएको थियो।

सरकारमा सहभागीहरुलाई एमालेले जिम्मेवारी दिएको छैन। सरकारमा नहुनेहरुले पार्टीमा महत्वपुर्ण जिम्मेवारी पाएका छन्।

हेर्नुहोस् सूची

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + three =