लगनखेलबाट रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लैजाँदाका २० दृश्य
२०८१ साउन १७ गते

रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइएको छ। बिहीबार नै लगनखेलबाट तान्दै जावलाखेल पुर्याइएको हो।
अब त्यहाँ राखेको चारदिनपछि राष्ट्रपतिले भोटो देखाउने छन्। रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ।
रातो मच्छिन्द्रनाथको रथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ। ललितपुरका विभिन्न स्थानमा घुमाइने रथ भोटो देखाएपछि बुंमतीतर्फ लगिनेछ।
रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। गत वर्ष रथ यात्रा ३५ दिन चलेको थियो।
तर यो वर्षको पात्रोअनुसार तीन महिना लाग्ने मच्छिन्द्रनाथका पुजारीले बताएका छन्।



२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








