काभा बिच भलिबलमा नेपालको विजयी सुरुवात
२०८१ साउन १७ गते

नेपाली महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपालले उज्बेकिस्तानविरुद्ध २–० को सोझो सेटमा पराजित गरेको हो।
कमला पुन र मनिषा चौधरीको टोलीले पहिलो सेट २१–१७ ले र दोस्रो सेटमा २१–१५ को नतिजा निकाल्यो।
२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








