हाँडी खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
२०८१ साउन १७ गते

काठमाडौं । सिन्धुलीमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ ।
लाम्पान्टार गाउँपालिका ११ लुभुको स्थानीय हाँडी खोलाले बगाउँदा चार वर्षीय बालक मन्जिल तामाङको मृत्यु भएको हो ।
घर नजिकै खोलामा खेलिरहेका बालक तामाङलाई बगाएर दोभानमा पुर्याएपछि स्थानीयले देखेर खबर गरेका थिए ।
बालकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








