सामाजिक र सांस्कृतिक रूपान्तरण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रूपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताए ।

उनले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरूलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताए ।

कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस शुरु गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘सामाजिक रूपान्तरणसहित सांस्कृतिक रूपान्तरणको अत्यन्त आवश्यक छ । हामीले राष्ट्रिय सभामा जतिपनि छलफल गरेका छौँ, रुलिङ गरेका छौँ, यसको कार्यान्वयनको निम्ति, तदारुकताका निम्ति के गर्न सकिन्छ, मैले यहीँ बस्दा बस्दै तपाईंहरुका जुन कुरा सुनिरहेका छु । मान्यज्युहका । सभापति मान्यज्युहरु, जो चार समितिका सभापतिज्युहरु हुनुहुन्छ । सबै दलका दल नेताहरूसहित बसेर यो मात्रै होइन । अरू हाम्रा जति पनि विषय वस्तुहरू छन्, राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले त्यसलाई निक्र्यौल नेपाल सरकारलाई हामीले कार्यान्वयन जुन भनेका छौँ, यी विषयवस्तुहरूको कार्यान्वयनको निम्ति एउटा अलि गहन ढंगको छलफल आवश्यकता हो की भन्ने मैले अनुभुति गरेको छु । म यो विषयमा अलि गम्भीरताका साथ लागेको छु । यसमा नयाँ ढंगको छलफल र बहस र यसको अनुगमन गर्ने विषयवस्तुहरू छन्, कार्यान्वयनको पक्षमा तदारुकता गर्नुपर्ने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको हाम्रो सम्बन्धलाई कायम गर्दै यी सबै विषयवस्तुहरू कहीँ नै कहीँबाट काम शुरु गरौँ ।’

अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरूमा पनि जटिल समस्या रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =