पार्टी कार्यालय डुबेपछि होटलमा बस्दै एमाले सचिवालय बैठक
२०८१ साउन १७ गते

काठमाडौं । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि सिंहदरबार अगाडिको होटल बसेरामा बस्ने गरी बोलाइएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार मंगलबार रातिकोको वर्षातले च्यासल पार्टी कार्यालयमा पानी भरिएकाले बैठक स्थान परिवर्तन गरिएको हो । बैठकमा कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ ।
एमालेले पार्टीका जिल्ला इन्चार्ज र २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू परिवर्तन गर्ने तयारी गरेको छ । यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ ।
२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








