जिल्ला र उच्च अदालतका ९१ न्यायाधीश सरुवा
मकालु खबर
२०८१ साउन १५ गते
न्याय परिषद्ले जिल्ला अदालत र उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।
न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरूवा गरिएको हो।
एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्को दाबी छ।,
पाटन उच्च अदालतका धीरबहादुर चन्दलाई राजविराज सरूवा गरिएको छ। लेखनाथ पौडेल पाटनमा सरूवा कायम भएका छन्।
पाटनबाट जनक पाण्डे सुर्खेत, श्यामजी प्रधान नेपालगन्ज, हरिप्रसाद पौडेल वीरगन्जर ध्रुवराज नन्द विराटनगर सरुवा भएका छन्।
श्रम अदालतको अध्यक्ष पदमा सुर्खेत उच्च अदालतका न्यायाधीश जनक पाण्डे सरुवा भएका छन्।
मकालु खबर
२०८१ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित