साउनको दोस्रो सोमबार, दत्तात्रेय मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरु)
२०८१ साउन १४ गते

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको, दत्तात्रेय, डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ ।

२०८१ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








