साउन महिनाको दोस्रो सोमबार, भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौं । आज २०८१ साल साउन १४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २९ तारिख । साउन कृष्ण पक्षको नवमी तिथि । आज साउन महिनाको दोस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ ।

तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ । सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =