त्रिशूलीमा बेपत्ता बस खोज्दा १९ किलोको चुम्बक हरायो

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा आएको पहिरोमा परी बेपत्ता बसको खोजी कार्यका लागि प्रयोग गरिएको चुम्बक हराएपछि आजलाई खोजतलास कार्य रोकिएको छ।

शनिबार मध्याह्नदेखि खोजी कार्य थालिएको थियो। यसपटक भारतबाट दुइटा चुम्बक ल्याइएको थियो।

१९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो। तर खोजी गर्ने क्रममा १९ किलोको चुम्बक हराएको छ।

चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको छ। लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरिन्छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित स्थानमा बस रहेरनरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ ठूलो चुम्बक ल्याएको बताएका छन्।

सिमलतालबाट देवघाटसम्म खोज्दा पनि बस भेटिएको छैन। सिमलतालबाट देवघाट करिब २० किलोमिटर टाढा छ।

भोलि बिहान भारतीय टोलीले थप खोज्नेरनखोज्ने निर्णय हुने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =