सरकारमा सहभागी हुन नाउपाले पठायो राज्यमन्त्रीको नाम
मकालु खबर
२०८१ साउन १२ गते
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने इच्छा देखाएको छ ।
ओली नेतृत्वको सरकारमा सहभागीताका लागि नाउपाले राज्यमन्त्रीको नाम समेत सिफारिस गरेको छ ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै सांसद अरुण कुमार चौधरीको नाम सिफारिस गरेकी हुन् ।
प्रतिनिधिसभामा ४ सिट रहेको नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
मकालु खबर
२०८१ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित