पाइलट शाक्यको अवस्था सुधारोन्मुख- केएमसी अस्पताल
२०८१ साउन ११ गते

काठमाडौँ । यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनाका घाइते क्याप्टेन मनिस रत्न शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
काठमाडौँ मेडिकल कलेज अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको तेस्रो दिन शुक्रवार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो ।
उक्त दुर्घटना पश्चात् घाइते क्याप्टेन शाक्यको उपचार काठमाडौँ मेडिकल कलेज अस्पतालमा भइरहेको थियो ।
बिहिबार केएमसी अस्पताल निर्देशक डा.मीना थापाले पाइटल शाक्यको अनुहार, नाक तथा आँखाको चोटहरूको हिजै उपचार सकिएको जानकारी दिएकी थिइन् ।
बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए ।

२०८१ साउन ११ गते
प्रतिक्रिया








