सौर्यको विमान दुर्घटनामा विराटनगरका तीन जनाको मृत्यु

काठमाडौं । बुधवार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा सवार १८ जनाको मृत्यु भयो । जसमध्ये तीन जना विराटनगरका रहेको खुलेको छ ।

विमानमा सवार विराटनगरका सुशान्त कटुवाल, अश्विन निरौला र सागर आचार्यको निधन भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । कटुवाल विमानको को–पाइलट, निरौला इन्जिनियर र आचार्य सेफ्टी चिफ हुन् ।

विमानमा एक विदेशीसहित १९ जना सवार थिए । जसमध्ये पाइलट ३७ वर्षीय मनिष शाक्यबाहेक १८ जनाको निधन भएको छ ।

बुधवार बिहान ११ बजे काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान लगत्तै दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =