घाँस काट्दा काट्दै भिरबाट खसिन् २२ वर्षीया अनिता, घटनास्थलमै मृत्यु
मकालु खबर
२०८१ साउन ९ गते
बैतडी । घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
आज घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०८१ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित