नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताएका छन् ।
बुधवार काठमाडौंमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल बुद्धको जन्मथलो मात्रै नभई बुद्ध दर्शनको वाहक रहेको बताए ।
उनले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताए । उनले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताए । उनले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गरेको बताए ।
उनले दान गर्नु धेरै महत्वपूर्ण रहेको बताए ।
उनले भने ‘यत्तिकै बुद्धले आफ्नो राजकाज छोडेका थिएनन्, यत्तिकै बुद्धले श्रीमती, घर परिवार छोडेका थिएनन्, सुविधा थियो होला त्यो छोडेका थिएनन्, केही सोच नै नभईकन, ज्ञान नै नभईकन घर कसैले छोड्छ । त्यत्तिकै ज्ञान नभई दरबार छोड्छ । सबै त्याग कसरी गर्नुभयो उहाँले । नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको वाहक पनि हो । भारतका विभिन्न ठाउँमा गएर गर्नुभएको तपस्या, ध्यान, त्यहाँ उहाँले प्राप्त गर्नुभएको ज्ञान, त्यसलाई गर्नुभएको बिस्तार कम छैन ।’
अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताए ।








