सौर्य जहाज दुर्घटना
जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम हुँदै, ३ दिनपछि आफन्तलाई शव दिइने
२०८१ साउन ९ गते

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम गरिने भएको छ ।
जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम आजै बुधवार गर्ने तयारी भएको हो ।
उनीहरूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।
मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि अस्पताल पुगेपछि पोस्टमार्टम सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ ।
सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई जिम्मा लगाउने अस्पतालका एक अधिकारीले जानकारी दिए ।
बुधवार काठमाडौंबाट पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो ।
जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलट भने बाँच्न सफल भएका छन् । पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
२०८१ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








