एक लाख घुससहित पक्राउ परेका इञ्जिनियरविरुद्ध मुद्दा दायर
२०८१ साउन ८ गते

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।
आयोगको टोलीले इञ्जिनियर हुसैनलाई एक लाख घुससहित पक्राउ गरेको हो ।
आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
२०८१ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








