उत्तरगंगाले बगाएका व्यक्ति मृत फेला

उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला परेका छन्।

बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका थिए। विक आज मृत फेला पारेको प्रहरीले जनाएको छ।

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगङ्गा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका विक आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका–९ दिज स्थित उत्तरगङ्गा नदीको भाग मृत फेला परेको यादवले जानकारी दिए।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =