संविधान संशोधन गर्दा सबै दलको सहमति लिन्छौँ : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सबै राजनीतिक दलहरुसँग सहमती गरेर मात्रै संविधान आवश्यकताअनुसार संशोधन गर्न लागिपर्ने समेत बताए ।

सचिव भट्टराईले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधनका लागि सबै दलहरुको सहमती लिने मुख्य दुई ठूला काममा सरकार केन्द्रित हुने बताए ।

‘देशमा उत्साहको वातावरण बनाउने उद्देश्यका साथ नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छौं । विपक्षमा रहेका दलहरुलाई सरकारको पक्षमा ल्याउने हाम्रो कोशिस हुन्छ,’उनले भने,‘संविधान संशोधन गर्दा हामी दुई तिहाई बहुमत मात्रै होइन, सकेसम्म सर्वसम्मत रुपमा संविधान संशोधन गर्ने कोशिस हामी गर्नेछौं । त्यसैका लागि हाम्रो यो गठबन्धन हो ।’

दुई ठूला दल एमाले र काँग्रेस एक ठाउँमा आउनुको अर्थ जनताको आशा अनुसार काम गर्नु रहेको उनको भनाई थियो । सचिव भट्टराईले सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि पनि सक्दो पहल गर्ने बताए ।

सचिव भट्टराईले विपक्ष दलहरुले दिएको सुझावलाई ग्रहण गरेर सरकार अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =