गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा
२०८१ साउन ६ गते

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा दिने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइएको छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरुका रुपमा पुज्ने गरिन्छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरुलाई धर्मशास्त्रले व्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।
आज आफ्ना गुरुजनलाई भेट गरी दर्शन गर्ने एवं फलफूल र मिष्ठान्न खुवाउने गरिन्छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।
२०८१ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








