उपसभामुख रानाले इज्जतको लागि पनि संसदको बाटोबाट टाप कस्नु बेस : कांग्रेस संसद खतिवडा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिनु माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले राजीनामा माग गरेका हुन् । उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर ५ जनालाई अमेरिका लग्नेगरी पत्रका लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भइरहेका बेला सांसद खतिवडाले सो घटना छानबिनका लागि माग समेत गरे ।
सांसद खतिवडाले भने ‘संसदको उपसभामुखको नामबाट संसदबाट एउटा चिठी लेखिएको रहेछ । सांसदसँग कुनै साईनो नभएका ५ जना मान्छे मानव तस्करले प्रयोग गरेर भिसाका लागि अमेरिकालाई पत्राचार गरेको पत्र प्राप्त भयो सभामुख महोदय । यस्तो अवस्थामा उपसभामुखले अव संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? सभामुख महोदय । पहिलो कोइशन म यो गर्न चाहन्छु । संसदमा कुनैपनि पत्र प्राप्त भयो भने पहिला सभामुख महोदयले तोक लगाउने र महासचिव कहाँ जाने र अनिमात्रै परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने प्रचलन हामीले थाहा पाएका छौ सभामुख महोदय । तर यो पत्र कसैलाई पनि थाहा नदिई चिन्दै नचिनेको संसदबाट साईने नभएका उभामुखले पनि एक जना मात्रै चिन्नुहुन्छ भन्ने आएको छ । यो कसले, किन, के प्रयोजनका लागि गरेको हो ? संसदको मात्रै होइन, देशको अपमान भयो सभामुख महोदय । यसमा छानबिन हुनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।’
उनले सिंगो सांसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफनो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गरे ।
भने ‘यस्तो बेलामा प्रतिरक्षाको तुरुप देखाएर फेरि पनि भने जग हँसाउनु भन्दा संसद भन्दा बाहिर बसेर यसलाई सहयोग गरेर छानबिन गर्न सहयोग गर्नु पर्छ भनेर म अनुरोध गर्न चाहन्छु सभामुख महोदय । यो भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन सभामुख महोदय । यो कन्सल्टेन्सी जस्तो नबनाइयोस् भनेर अनुरोध पनि गर्न चाहन्छु । मैले सुने आफूसँग पत्र लेखिएका मानिसहरु उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सूजन घर्तीमगर, धनप्रसाद गुरुङ महिला अधिकारको कार्यक्रममा जाने भनेर भनिएको रहेछ । जसको महिला अधिकारसँग कुनै साईनो सम्बन्ध छैन सभामुख महोदय । र, मैले एक जना बाहेक अरूलाई चिनेको छैन भनेर उपसभामुखले भनेको सुनियो । सभामुखलाई पनि र संसदलाई पनि अपमान हुने गरी मानव तस्करले प्रयोग गरेर भोली पैसा लिएर यो काम गरियो भने भोली संसदको इज्जत कहाँ रहने हो रु सभामुख महोदय । यस्तो अवस्थामा संसद चुप लागेर बस्नु हुँदैन । म अनुरोध गर्न चाहन्छु उपसभामुखज्यूलाई । उहाँले आफ्नो इज्जतको लागि पनि संसदको बाटोबाट टाप कस्न बेस हुन्छ जस्तो लाग्छ ।’
यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बदनाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।








