वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको बताएका छन् ।

संसदमा दुई ठुला दल मिलेर सरकार बनाएको बताउँदै उनले कांग्रेस–एमालेलाई गल्ती गर्ने छुट नरहेको बताएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले वर्तमान सरकारले जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने बताए ।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्ने कोइरालाको धारणा छ ।

‘देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको छ,’उनले भने, ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’

नेता कोइरालाले आफ्नो पार्टी सरकारमा छ भन्दैमा सरकारले गरेको गल्तीमा चुप लागेर नबस्न नहुने बताए । उनले सरकारका मन्त्रीहरूले गलत काम गरेमा मन्त्रीहरूको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।

‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’उनले भने, ‘आफ्नो पार्टी सरकारमा छ भन्दैमा सरकारले गरेको गल्तीमा चुप लागेर बस्नु हुँदैन ।’

यस्तै नेता कोइराला बिपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको भन्दै गुनासो गरेका छन् ।

‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू–आफूमै लड्छौँ,’उनले भने,‘बिपीले त यस्तो कहिल्यै सिकाउनु भएन । हिजोको त्यो आत्मीयता कहाँ गयो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *