संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौ : कानुनमन्त्री चौरसिया

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री चौरसियाले सत्तारुढ नेपाली काँग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताए । उनले विगत ८/१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताए ।

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाई थियो ।

उनले भने ‘संविधानमा भएका कमीकमजोरीहरू, ८/१० वर्षमा संविधानमा देखिएका खाडलहरू पुर्ने काम हाम्रो जिम्मेवारी हो । त्यो समावेशी चरित्र अनुसार आवश्यक परे अहिले नयाँ सरकार बनेपछि सहमति पनि भएको छ–संविधानमा जहाँजहाँ समस्या भएको छ । त्यो खाडलहरूलाई व्यवस्थित गरेर पुर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ हामी अगाडि बढ्छौँ । यहाँहरूको कुनै अप्ठ्यारो भए त्यो फुकाउने काम कानूनीमन्त्रीको नाताले मैले गर्छु । हाम्रो सदा सहयोग रहन्छ न्यायपालिकालाई । ’

मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अप्ठ्यारा हटाउनका लागि कानुनीमा देखिएको समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले न्यायालयलाई आफूले सदैव सहयोग गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =