तातोपानी खोलाले घर बगाउँदा तीन बालिकाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खोलाले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । गएराति नगरपालिकाको वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको हो ।

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । नजिककैको झिन्चौर खोलाले बगाएर ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको उनले जानकारी दिए ।

यही बाढीमा परेका घाइते भएका ७ जनाको उपचारका लागि नगर अस्पताल लगिएको छ । घटनास्थलमा इलाका प्रहरी पोष्ट आठबिसकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली तत्कालै खटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =