ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक बस्दै संघीय संसद्का दुवै सदनको बैठक
२०८१ असार ३१ गते

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभाको बैठक सवा ३ बजे बस्ने गरी बोलाइएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको हो । संघीय संसद् सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन ।
आजको बैठकमा कांग्रेस र एमाले लगायतका दलहरू सत्तापक्ष तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टी प्रतिपक्षी बेन्चमा बस्नेछन् ।
२०८१ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








