स्याङ्जामा दहमा डुबेर दिदीबहिनीको मृत्यु
२०८१ असार ३० गते

स्याङ्जामा दहमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ।
पुतलीबजार नगरपालिका-४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका नाबालिक दुई छोरीको आइतबार मृत्यु भएको हो।
१४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका उनीहरु दहमा डुबेको अवस्थामा फेला परेका हुन्।
२०८१ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








