गृह मन्त्रालयमा मेरो मन २४ सै घण्टा रहिरहनेछ : रवि लामिछाने

काठमाठौं । रास्वपाका सभापति तथा काम चलाऊ सरकार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको कामलाई नियाली रहने बताएका छन् ।
सरकारबाट बिदाइ हुँदै गर्दा गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले मन्त्रालयका कामलाई चासोका साथ हेर्ने बताए ।
सभापति लामिछानेले आफू प्रतिपक्षमा बसे पनि आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा नजर लगाइ रहने बताए ।
‘आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा, मेरो मन २४ घण्टा रहिरहनेछ,’उनले थपे,‘गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’
उनले ठूला दलहरू मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भन्नेमा सचेत रहन सुरक्षा निकायलाई निर्देशन पनि गरेका छन् ।
‘कयौं कुरा बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम देखिन्छ,’उनले भने,‘नेपाल प्रहरीले र सीआईबीले तदारुकता साथ काम गरोस् ।’








