मन्त्री छान्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
२०८१ असार २९ गते

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र मन्त्रीका लागि नेताहरुको नाम टुंगो लगाउने निर्णय हुनेछ ।
साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने काँग्रेसले बताएको छ । बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्युनिकरणका लागि सरकारलाई सुझाव दिइने बताइएको छ ।
साथै नेपाली काँग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने बताइएको छ ।
२०८१ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








