७६(२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई कानुनविद्हरूको सुझाव

कानुनविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानको धारा ७६ (२) अनुुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् ।

राष्ट्रपति पौडेलले बोलाएका कानुनविदमध्ये सबैजसोले ७६(२) को प्रक्रियामा जोड दिए भने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिए । ज्ञवालीको सुझावअनुसार सरकार बनाउँदा ठूलो दलको आधारमा सरकार बनाउने प्रक्रियामा जानुपर्ने हुन्छ ।

राष्ट्रपति पौडेलले परामर्शका लागि कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली र सीताराम केसीलाई शीतल निवास बोलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =