नयाँ बानेश्वरमा कांग्रेस–एमाले नेताहरूको छलफल

काठमाडौँ । ओली नेतृत्वको नयाँ सरकार गठनका लागि पहल सुरु भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू नयाँ सरकार गठनका लागि सक्रिय बनेका छन् ।

अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा कांग्रेस र एमालेका नेताहरूबिच छलफल चलिरहेको छ ।

आजको संसद बैठकबाट विश्वासको मत लिन असफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

लगत्तै कांग्रेस–एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =