नयाँ सरकारले जनताका सबै खालका अप्ठ्यारो सल्टाउनु पर्छ : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।

विगतका सरकारहरूले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाइ गर्न नहुने पनि बताए ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने पनि बताए ।

उनले भने ‘आउने सरकारले संसदलाई प्राज्ञिक थलो बनाउने, जनताका अप्ठ्यारो सल्टाउने थलो बनाउने, पहिरो र डुबानबाट जनतालाई सुरक्षित राख्ने र पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु । प्राकृतिक विपद त बर्सेनि देखिएको हो । सरकारहरू पूर्वसावधानी गम्भीर नहुँदा जनधनको ठूलो क्षति भएको हो ।’ 

सांसद सुवालले नयाँ सरकारले संसदलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =