प्रधानमन्त्रीलाई मेटमणिको आग्रह– देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु, ४ महिनामै परिस्थिति अनुकुल हुन्छ

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
उनले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकुल हुने दाबी गरे ।
उनले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताए ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटन हुनेगरी साक्षि नबस्न पनि सुझाव दिए ।
प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्न समेत गरे ।
आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने उनको भनाई छ । उनले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गरे ।








