उद्धार तथा खोजीमा सेना सक्रिय
२०८१ असार २८ गते

फाइल तस्बिर
काठमाडौँ । नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका–२९ को सिमलतालमा वीरगन्जबाट काठमाडौँ आइरहेको र काठमाडौँबाट रौतहटको गौर गइरहेको यात्रुबाहक बस पहिरोले बगाएको खबर हुनसाथ स्थानीयको सहयोगमा उद्धारकार्य जारी राखेको छ ।
चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैगरी कास्की, कैलाली, कञ्चनपुर, सर्लाही, तनहुँलगायत मनसुन सुरू भएयता देशका विभिन्न स्थानमा गएको बाढीपहिराबाट प्रभावितको खोज तथा उद्धारमा समेत सेना खटिरहेको निर्देशनालयले जनाएको छ ।
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








