संसदमा मन्त्री नआएपछि बैठक स्थगित (भिडिओ)

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा मन्त्रीहरु अनुपस्थित भएपछि बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक आज(बिहीवार) दिउँसो ४ बजे बस्नेगरी बोलाइएको थियो ।

करिव डेढ घण्टा ढिलोगरी बसेको बैठकमा कोहीपनि मन्त्री उपस्थित नभएपछि बैठक भोलि(शुक्रवार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक प्रारम्भ हुनासाथ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले बैठकमा प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरु अनुपस्थित भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

उनले संसद बैठक चलेको दिन प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने कुरा जानकारी छ कि छैन ? भनेर प्रश्न समेत गरेका थिए ।

उनले सभामुखलाई प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएको बैठक चल्छ कि चल्दैन भनेर प्रश्न समेत गरेका थिए ।

लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम(५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको जानकारी गराए ।

उनले बैठकमा कुनैपनि मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक भोलि(शुक्रवार) बिहान ११ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =