अब बन्ने सरकार संविधानको धारा ७६(२) अनुसार नै बन्छ : डा.शेखर कोइराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६(२) अनुसार नै बन्ने प्रष्ट पारेका छन् ।

आज एक कार्यक्रममा बोल्दै अब बन्ने सरकार संविधान अनुसार नै बन्ने बताए ।

यसअघि नेता शेखरले बोलेका कुरालाई तोडमोड गरि धारा ७६(३)को सरकार बनाउन चाहेको समाचार आएको भन्दै शेखरले त्यसको खण्डन गरेका छन् ।

‘भ्रम नहोस्, अब बन्ने सरकार ७६(२) अनुसारकै सरकार बन्छ । कांग्रेस र एमाले मिल्नुपर्छ भनेर ८ महिनाअघि नै भनिरहेको थिएँ, स्थिर सरकार आवश्यक छ भनेको थेँ,’उनले भने, ‘त्यो कुरा आज सार्थक भएको छ । अब बन्ने सरकारले सुशासन दिन्छ र संविधान संशोधन गर्छौ ।’

उनले अब बन्ने सरकार धारा ७६(२) अनुसार नै हुने र कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।

उनले कांग्रेस एमालेको सरकारले देशमा सुशासन दिने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =