प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व दिन सक्दैनन् : एमाले

काठमाडौं । नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कामय गर्न नसक्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद रिजालले प्रधानमन्त्री दाहालको कारण सांसद रिजालले पटक पटक संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए ।

उनले प्रधानमन्त्री दाहाल जनमत विपरित सरकारमा गएकाले पनि मुलुकमा राजनीतिक स्थायित्व र विकासको कामले गति लिन नसकेको बताए ।

‘सुविधा खोज्दै हिँड्ने प्रवृत्ति प्रधानमन्त्रीमा पाइयो । त्यो देखियो । हामी के अनुरोध गर्न चाहन्छौं भने राजनीतिक स्थिरता र स्थायित्व कायम गराउने कुरामा ४ पटक यही थलोबाट प्रधानमन्त्रीले विश्वासको मत लिनुप¥यो,’उनले भने,‘यसमा विश्वासको मत झिक्ने माननीयहरुको मात्रै कारण होला कि सम्माननीय प्रधानमन्त्रीजीको पनि कारण होला ? उहाँले द्वन्द्ववादको राम्रो व्याख्याता पनि हुनुहुन्छ । द्वन्द्ववादले एउटा व्यक्ति हन्ड्रेट पर्सेन्ट राईट, अर्को हन्ड्रट पर्सेन्ट रङ भन्दैन । अब उहाँको नेतृत्वबाट राजनीतिक स्थायित्व कायम हुन सक्दैन भन्ने हाम्रो मान्यता हो ।’

सांसद रिजालले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि एमाले–काँग्रेसबीच नयाँ सत्ता समिकरण बनेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =