मुकुल ढकाललाई रास्वपाबाट निष्कासन गर्न सिफारिस

काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकाललाई रास्वपाबाट निष्कासन गर्न सिफारिस गरिएको छ ।

रास्वपाको अनुशासन आयोगले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो ।

अनुशासन समितिको सिफारिसका आधारमा उनीमाथि थप निर्णय लिन रास्वपाको केन्द्रीय समिति बैठक जारी छ ।

अस्वाभाविक हर्कत र पार्टी हित विपरीतको गतिविधि गरेको भन्दै गत बुधवार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =