मध्यरातमा ग्याङ फाइट : कटहरीका कामतको हत्या, दुई जना गम्भीर घाइते

काठमाडौं । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा १ युवकको हत्या भएको छ ।

ग्याङ फाइटमा २१ वर्षीय करण कामतको हत्या भएको हो । कामत मोरङको कटहरी गाउँपालिकाका हुन् ।

अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।

उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।

मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ ।

घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =